• चन्द्र बस्नेत 

कनकाई । 

अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानका कारण देश भर ठूलो जनधनको  क्षति पुगेको भएको छ  । अहिलेसम्म २ सय २५ भन्दा धेरैको ज्यान गएको छ भने अझै  २५ जना बेपत्ता छन्।  

 घाइते भएका १५८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । वर्षाका कारण १३ वटा पुल र २१ किलोमिटर सडक बगाएको छ । यसबाट राज्यलाई २५ अर्ब रुपैयाँबराबरको क्षति पुगेको छ ।

 सरकारले   मृतकका परिवारलाई जनही दुई लाख दिइने, तीन दिन राष्ट्रिय शोक घोषणा गरे अनुसार झापाको कनकाई नगरपालिकाले पनि शोक मनाउदै नगरसहित नौ वटै वडामा राष्ट्रिय  झन्डालाई आजबाटआधा झुकाएको छ।

आज (मंगलबार) नगरपालिकामा रहेको राष्ट्रिय  झन्डालाई आधा झुकाउदै नगर प्रमुख  राजेन्द्रकुमार पोखरेलले बाढी/पहिरोजन्य विपद्मा ज्यान गुमाएमाप्रति दुःख व्यक्त गर्दै मृर्तकहरुको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली समेत व्यक्त गरेका थिए ।  नगर प्रमुख पोखरेलले राष्ट्रिय  शोक मनाउदै तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने बताए।

उनले कनकाईमा वडा न ४ को कनकाई खोला पश्चिममा केहि कटान गरेको त्यस्तै वडा न १ र ८ को सिमान बिरिङ्ग खोलाको पुल उत्तर केही तथा वडा न २ र ३ को सिमान झरना बस्तिमा केही कटान गरेकोमा त्यति बेला नै जन प्रतिनिधि, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नगर प्रहरी , कर्मचारी र स्थानीय बासिन्दाको सहयोगमा तठवन्धन गरिएको जानकारी दिए।

नगर प्रमुख पोखरेलले वडा न ६ का २ घर त्यस्तै वडा न ३ का २ घर परिवारलाई बाडी आएकै समयमा सुरक्षित ठाउँमा सारिएको  अहिले उनीहरुलाई घरमा नै सारिएको जानकारी समेत दिए ।

उनले नदि नियन्त्रणमा पहिलो प्राथमिकतामा राखी  तार झाली, माछी काडे लगायतका काम गरेकाले पनि क्षति हुनबाट बचेको सुनाएका थिए । नगर प्रमुख पोखरेलले नदि नियन्त्रण तथा  तठवन्धनमा प्रदेश तथा संघिय सरकारले त्यति ध्यान नदिएको गुनासो समेत पोखे । उनले आगामी वर्षबाट नदि नियन्त्रण तथा विपत्तलाई नै पहिलो प्राथमिकतामा राखिने प्रतिवद्वता व्यक्त गरे ।