झापा । 

श्याम चोक सेवा समाजको ७ औ साधारण सभाले दिनेश राणाको अध्यक्षतामा ११ सदस्यीय  कार्य समिति चयन गरेको छ । सुनसरीको धरान उप–महानगरपालिका–१५ मा आज (मंगलबार) भएको बार्षिक साधारणसभाले अध्यक्षमा राणा सर्वसम्मत भएका हुन् । 

समितिको उपाध्यक्षमा डिल्लीराम गिरी, सचिवमा बिकास तामाङ, सह–सचिब चन्द्रकला खड्गी कोषाध्यक्षमा कोपिला तामाङ चयन भएका छन् । त्यसैगरी सदस्यमा ललित मान योन्जन, हरि ओझा, बहादुर तामाङ, कमला मगर, राजमणि गौतम र धनकुमार राई सर्वसम्मत चयन भएका छन् । 

धरान–१५ का वडाध्यक्ष  नरेश इवारमको प्रमुख आतिथ्यमा भएको समाजको साधारणसभाबाट नयाँ नेतृत्व चयन भएको हो । 

निर्वाचन सम्पन्न गर्न गठित निर्वाचन समितिको संयोजकमा सुदेशना प्रधान रहेकी थिइन भने सदस्यमा जुद्ध राई र लोकबहादुर तामाङ रहेका सचिब बिकाश तामाङले जानकारी दिए ।