बिराटनगर ।
६९ औँ प्रहरी दिवस २०८१ को अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले रक्तदान कार्यक्रम गरेको छ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङको अध्यक्षतामा बिराटनगर महानगरपालिका–९ स्थित ट्राफिक चोकमा भएको रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिला बल्लभ अधिकारीले रक्तदाता कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले र कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाललाई ब्लड ब्याङ्ग हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
नेपाल प्रहरी अस्पताल इनरुवा सुनसरी र नेपाल रेडक्रस सोसाईटी बिराटनगरको प्राबिधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा नेपाल प्रहरी र सर्वसाधारण समेत गरी ६८ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, प्रहरी उपरीक्षकहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुका साथै संचारकर्मीहरु समेतको उपस्थिती रहेको थियो ।