भद्रपुर ।

 झापाको भद्रपुर नगरपालिका–३ झोलुङगे पुलस्थित मेची नदीको बिच भागमा एक जना मृत फेला परेका छन् । आज १ बजेको समयमा मृत अवस्थामा एक ब्यक्ति फेला परेका हुन् । 

कालो पाइन्ट लगाएको, शरिरको माथिको भागमा कपडा नभएको, बायाँ साइडको भाग पुरिएको दाहिने साइडको आधा भाग देखिएको, अनुहार पानीमा घोप्टो परेको अवस्थामा लाश फेला परेको प्रहरीले जनाएको छ । 

आज १ः२० बजेको समयमा प्रहरी चौकी मेचीपारी जानकारी प्राप्त हुनसाथ प्रहरीको टोली गएर घटनास्थल सुरक्षित राखेको छ । थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी टोली समेत खटिएको थियो ।

४ः३० बजे उक्त लास कानुनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृत भेटिएका ती ब्यक्तिको यो समाचार तयार गर्दासमेत पहिचान खुलेको छैन ।  संकेत तस्वीर