बिर्तामोड । 

झापाको बिर्तामोडमा ‘राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का केन्द्रिय संयोजक दुर्गा प्रसाईंलाई पक्राउ गरि गैर न्यायीक हिरासतमा राखेको भन्दै बिरोध प्रदर्शन गरिएको छ । 

अभियानका झापा अध्यक्ष रामचन्द्र मैनालीको नेतृत्वमा लघुबित्त तथा बित्तीय शोषण विरुद्धको संघर्ष समितिकि प्रदेश अध्यक्ष लुजा राईलगायत करिब २५० जनाको सहभागितामा प्रसाईको बिना सर्त रिहाई माग गर्दै बिरोध प्रदर्शन भएको हो ।आज (सोमवार) बिर्तामोड–५ स्थित सिटी सेन्टर अगाडिबाट महाअभियान झापाको आयोजनामा बिरोध र्याली भएको हो । 

सहभागी अभियानका नेता तथा कार्यकर्ताले ‘दुर्गा प्रसाईंलाई रिहा गर, झुटा मुद्दा खारेज गर, हाम्रो आन्दोलन जारी छ, हाम्रो अभियान्ताहरु रिहा गर, संघर्ष समिति जिम्दाबाद, देश सहकारी लघुबित्त पिडितहरुलाई न्याय दे दुर्गा प्रसाईं जिन्दावाद’ जस्ता नाराहरु लगाउदै बिरोध ¥याली निकालेका थिए । 

उक्त ¥याली  मुक्ति चोक, पश्चिम बस स्टेण्ड पुगेर पुनः मुक्ति चोक छेउ वान स्टेप महल अगाडि आएर बिरोध सभामा परिणत भएको थियो । 

कोणसभामा ऋणि एशोसिएसन झापाका अध्यक्ष  बिक्रम ताजपुरिया, संघर्ष समिति झापा संयोजक उमाकान्त अधिकारी,  कोटिहोम धर्मिक संस्थाका अध्यक्ष शेरबहादुर थापा,  बा. थापा, दिपेन ओलीलगायतले दुर्गा प्रसाइ सर्वहारा बर्गाको नेतृत्व गर्ने, भुइ मान्छेको समस्या बुझ्ने ब्यक्ति भएकाले तुरुन्त रिहाई नगरे थप सशक्त आन्दोलन गर्ने साथै चाँडैं अर्को आन्दोलनको घोषण  रिने बताएका छन् । 

प्रसाईले सर्वहारा भुई मान्छेहरुको आवाज बोल्दा सरकारले गरेको हर्कदको घोर निन्दा र भत्र्सना समेत उनीहरुले गरेका थिए । कार्यक्रममा दुर्गा प्रसाईले हिरासतबाट दिएको सन्देश भनेर करिव ९ मिनेटको  अडियो टेप समेत प्रस्तुत गरिएको थियो ।