झापा ।

सुनसरीको इटहरीमा रहेको रेडिमेड कपडा उद्योगमा आगलागी हुँदा करिव तीन करोडको क्षति भएको छ । गएराति ११ः ५० बजे इटहरी –३ त्रिवेणी चोकस्थित पासाङ शेर्पाको शेर्पा रेडिमेड कपडा उद्योगमा विद्युत सर्ट भई आगलागी भएको हो । 

आगो लागेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । ११ जना सशस्त्र प्रहरी, ११ जना जनपद प्रहरी तथा इटहरी, दुहवी, सुन्दरहरैचा र रामधुनीको गरी ४ वटा दमकल र स्थानीयको संयुक्त प्रयासमा बिहान १ः३५ बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

आगलागीबाट करिब २ करोड ७५ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीको जनाएको छ ।