झापा । 

जमुना खोलाले बगाएको दुई दिनपछि झापा कचनकवलकी १५ वर्षीया बालिका मृत फेला परेकी छिन् ।  बगाएको ठाउँदेखि करिव २ किलोमिटर दक्षिण धानबारीमा आज (आइतवार) उनको शव फेला परेको प्रहरीले जनाएको हो ।

चमरभिट्टा गाउँदेखि करिव पाँच सय मिटर पूर्व नेपाल भारत सीमा नजिक धानवारीमा उनको शव फेला परेको बताइएको छ ।  खोजी गर्नेक्रममा यसअघि आज बिहान उनको साइकल भेटिएको थियो ।

कचनकवल गाउँपालिका–१ झकुवाटोली बस्ने पचुँ राजवंशीकी छोरी नेहारिकालाई शुक्रवार दिउँसो जमुना खोलाले बगाएको थियो । भारतमा रहेकी सानिमाको घरबाट पाहुना खाई घर फर्कने क्रममा चमरभिट्टा पुल छेउमा पुगेपछि उनलाई खोलाले बगाएको थियो ।