हल्दीबारी । 

तीन दिनको बेमौसमी बर्षाले झापाको दक्षिणि क्षेत्र झापा गाउँपालिका प्रभावित भएको छ । कर्णाली बचत तथा ऋण सहकारी संस्थाका सचिब भूपाल बस्नेतको नेतृत्वमा पिडित परिवारलाई राहत वितरण गरिएको छ । बाढी पिडितको उद्दार तथा राहतमा  ‘पोको’ बोकेर जनताका घरमा गई तत्कालका लागि सामान्य खाद्यान्न वितरण गरिएको हो।

कर्णाली साकोस शणामती  सेवाकेन्द्रले झापा गाउँपालिका वडा नम्बर ५ मा बिरिङ खोला फुटेर घरबारबाट बिचल्ली भएका २८ घर  घरपरिवारलाई राहात सहयोग गरेको हो।

 कर्णाली साकोसका शेयर सदस्य परिवारलाई जनही पाँच हजार रुपैयाँका दरले र  गैह्रसदस्य परिवारहरूलाई तीन हजार रुपैयाँका दरले र साथै  १ बोरा चामल, १ बोरा मुरई, २ लिटर खानेतेल, २ केजि न्युटेला र अन्य सामानसहित सोही वडाका वडाध्यक्ष कृष्ण राजबंशीको रोहवरमा बितरण गरिएको बताइएको छ।

कार्यक्रममा संस्थाका सचिव भुपाल बस्नेत, वडाध्यक्ष कृष्ण राजवंशी, सुरुङ्गा सेवा केन्द्रका कार्यालय प्रमुख रबिन कार्की, शरणामती सेवा केन्द्रका प्रमुख मंगलसिंह राजबंशीलगायत अन्य कर्मचारीहरुको उपस्थिति थियो।