झापा ।  

झापाको बुद्वशान्ति गाउँपालिका वडा नम्बर ३ इलाम रोडबाट लागू औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय बुधबारेबाट  खटीएको चेकिङ टोलीले बुद्धशान्ति–३  झिलमिले पुलका २१ बर्षिय निखिल राईलाई लागू औषधसहित पक्राउ गरेको हो । 

गएराति ९ बजेको समयमा उनीमाथि शंका लागेर चेक जाँच गर्दा निकिलको  साथबाट लागूऔषध ब्राउन सुगर प्लाष्टीक बाहेक ५६० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ । 

लागू औषधसहित नियन्त्रण गरिएको उनलाई इलाका प्रहरी कार्यालय धुलावारीमा ल्याएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।