झापा । 

झापा गौरीगञ्ज गाउँपालिकामा रहेको कृष्णे खोलामा हाम फालेका एक ब्यक्ति मृत फेला परेका छन् । शुक्रवार साँझ ५ः२० बजेको समयमा गौरीगञ्ज–२ स्थित घर नजिकै रहेको खोलामा हाम फालेका सोही स्थान भाकुरमारीस्थित सुकुम्बासी टोलका अन्दाजी ५५ बर्षिय  केनालाल राजवंशी मृत फेला परेका हुन् । 

आज (शनिवार) साँझ ६ः१५ बजे प्रहरी चौकी कोरोबारी र स्थानियबासीहरुको सहयोगमा खोजतलास गर्ने क्रममा घटना स्थल देखि अनदजी २ किमि दक्षिण सोही खोलाको छेउ पानीमा घोप्टो अवस्थामा राजवंशीको  लाश फेला परेको थियो । 

उनकी श्रीमतीले पहिचान गरेसँगै इलाका प्रहरी कार्यालय गौरीगञ्ज प्रहरी टोली गएर थप अनुसन्धान तथा कानुनी प्रकृया भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनले खोलामा हाम्फाल्नु कारण भने अहिलेसम्म नखुलेको बताइएको छ ।