झापा । 

अविरल बर्षाका कारण आएको बाढी र पहिरोमा परेर कोशी प्रदेशमा आठ जनाको मृत्यु भएको छ । पहिरोले पुरेर पाँचथरमा एक पुरुष, तीन महिला र एक जना बालिकाको मृत्यु भएको छ भने धनकुटामा २ जनाको मृत्यु भएको छ । त्यस्तै बाढीले बगाएर इलाममा एक जना पुरुषको मृत्यु भएको छ । 

पहिरोमा पुरिएर ओखलढुङ्गामा एक पुरुष, धनकुटामा २ जना महिला, पाँचथरमा एक जना बालक घाइते भएका छन् । पहिरोमा पुरिएर पाँचथरमा २ जना महिला र दुई जना पुरुष बेपत्ता भएका छन् । 

बाढीले बगाएर झापामा एक बालिका र २ जना पुरुष बेपत्ता भएका छन् । त्यस्तै पाँचथरमा एक र मोरङमा महिला बेपत्ता भएका छन् । 

यस्तै ५४ वटा सडक अवरोध भएका मध्ये ११ वटा अवरोध खुलेका छन् भने ४३ वटा यो समाचार बनाउँदासम्म नखुलेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।