विराटनगर ।  

कोशी ब्यारेजमा पानीको बहाब अत्यधिक बढेपछि पुलमाथिबाट पानी बगेको छ । आज (शनिबार) अपरान्ह चार बजे ५ लाख ४९ हजार क्युसेक बाढी मापन भएको छ ।

बाढी कोशीको पुलमाथिबाट पनि बगेको छ । बाढीको बहाव उच्च भएपछि कोशीमा सवारी आवतजावत पनि बन्द गरिएको बुझिएको छ । शनिबार साँझ मापन गरिएको साढे ५ लाख क्युसेक पानी ३७ वर्षयताकै उच्च हो ।

यसअघि सन् १९८७ मा ५ लाख २३ हजार क्युसेक मापन भएको थियो ।