झापा । 

अविरल वर्षासँगैको बाढी पहिरोमा परेर देशभर ६० जनाको मृत्यु भएको छ भने ६४ जना बेपत्ता भएका छन् । सशस्त्र प्रहरीले देशका विभिन्न स्थानमा बाढी पहिरोमा परेर उक्त संख्याका मानिसहरूको मृत्यु भएको पुष्टि गरेको हो। 

 बाढी–पहिरोमा परेर पाँचथरमा ५, धनकुटामा २, काठमाडौँमा ११, भक्तपुरमा ५, ललितपुरमा १८, काभ्रेमा १४, धादिङमा १ सिन्धुपाल्चोकमा २ र दोलखामा २ जनाको मृत्यु भएको छ । त्यस्तै घटनामा ३४ जना घाइते समेत भएका छन् । 

शुक्रबार अपराह्न ४ बजेदेखि हालसम्म यो संख्यामा मृत्यु र बेपत्ताको विवरण सशस्त्र प्रहरीले सार्वजनिक गरेको हो।  सोही अवधिमा २ हजार १०३ जनाको सकुशल उद्धार समेत गरिएको छ ।