झापा । 

अविरल बर्षाका कारण धनकुटाको पाख्रीबास नगरपालीका वडा नम्बर ५ गुराँसे देवीथानमा खसेको पहिरोले पुरेर दुईको मृत्यु भएको छ ।  सोही स्थानका सन्तोष तामाङको तत्काल बसोबास नगरेको नयाँ घरमा जस्तापाता, ढुङगा माटो र काठपातले बनेको एकतले घरमा माथीबाट पहिरो खस्ने क्रममा पुरिएर आमाछोरीको मृत्यु भएको हो । 

उक्त घरमा राखेको सामान निकाल्न जाँदा उनकीे श्रीमती अन्दाजी ३०/३२ बर्षियाकी आशा तामाङ र आशाकी आमा ५० बर्षिया रामकुमारी तामाङको पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।  आज (शनिवार) बिहान ३ः३० बजेको समयमा घर समेत श्रीमती र सासुआमालाई पहीरोले पुरिएको सन्तोष तामाङले इलाका प्रहरी कार्यायल पाख्रीवास धनकुटामा जानकारी गराएका थिए । 

 तत्काल इप्रका पाख्रीवास धनकुटा प्रहरी टोली गएको गएर जेसीबी खोज्ने कार्य भइरहेको छ ।  २ जना मानिसको उद्धार कार्यको लागि नेपाली सेना तथा सशस्त्र प्रहरी बलसँग समन्वय गरी उद्वार कार्य भइरहेको र २ जना मृत अवस्थामा निकालिएको प्रहरीले जनाएको छ । 

उक्त  घरमा सामान निकाल्न जाने क्रममा सोही स्थानका छिमेकी योगेन्द्रबहादुर तामाङकी श्रीमती २४ बर्षिया  मिनमाया तामाङ समान्य घाईते भई उपचारको लागि जिल्ला अस्पताल धनकुटातर्फ ल्याइएको अवस्था सामान्य रहेको र उनी गर्भवती रहेकी बताइएको छ । 

 त्यसैगरी पाँचथर फिदिम नगरपालिका–१२ घर भई हाल फिदिम–४ चिसापानीस्थित नेपाल आदिवासी जनजाती महासंघको भवनमा बस्दै आएकि २४ बर्षिया सपना शेर्पा र उनकी ५ बर्षिया छोरी डोमा शेर्पालाई घरमाथिबाट माटो डिस्को सहितको पहिरो खसेर पुरिएर दुबै जनाको मृत्यु भएको छ ।

आज बिहान ६ बजेको समयमा  नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरुको सहयोगमा ६ः५० बजे मृतकहरुको शव निकाली आवश्यक कानुनी प्रक्रिया भईरहेको प्रहरीले जनाएको छ ।