झापा । 

आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ भने  तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना रहेको छ।

कोशी, मधेस, बागमती, गण्डकी र, लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा रहेको छ । मौसम  शनिबार देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने पूर्वानुमान महाशाखाले जनाएको छ । 

आइतबार पनि देशभर आंशिक देखि साधारणतया बदली रहने छ । मधेस, बागमती, गण्डकी, लुम्बिनी  प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानहरूमा धेरै वर्षाको पनि सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।