झापा ।  

झापाको कचनकवल गाउँपालिकाको जमुवा खोलाको कज्वेले १४ बर्षिया बालिकालाई बगाएको छ । केहीदिन यता परेको अविरल बर्षाका कारण जमुवा खोलामा आएको वाढीले आज (शुक्रबार) दिउँसो ३ बजेको समयमा ती बालिकालाई बगाएको हो । 

झापा कचनकवल गाउँपालिका वडा नम्बर १ स्थित चमरभित्ता बाट झकुवा टोल आउँदै गरेकी सोही स्थानका पन्चु राजवंशीको छोरी नेहारिका राजवंशीलाई जमुवा खोलाको कज्वेबाट खोलाले बगाएको हो ।  बगाएको खवर प्राप्त हुन साथ प्रहरी चौकी घेराबारीको प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोली गएर खोजतलास कार्य भईरहेको प्रहरीले जनाएको छ । 

कचनकवल गाउँपालिका–१ कुट्टी बजारदेखी पूर्व सोमबारे बजार भेलामुनी टोल जाने अदुवा खोलामा रहेको काठको पुल अविरल वर्षाको कारणले पानीको बहाब बढी बाढी आएर बाटोको काठको पुल आधी भाग भाँचिएको छ । उक्त पुलबाट मानिसको आवतजावत अबरुद्ध रहेको र अस्थाई प्रहरी चौकी कुट्टीबाट  प्रहरी टोली गएको जनाइएको छ ।

त्यसैगरी  कचनकवल–२ मा रहेको अमरखुट्टा खोला तर्ने क्रममा प्र.१–०२–०५प ६९७८ नम्बरको मोटरसाइकल खोलाले बगाएको छ ।  चालक सोही स्थाका २७ बर्षिय  रबिन भट्टराई सकुशल रहेको प्रहरी चौकी पथरिया प्रहरी  टोलीले उक्त मोटरसाइकलको खोजतलास भइरहेको छ । 

झापा अर्जुनधारा नगरपालिका–७ स्थित बिरिङ खोलामा  रहेको खुदुनाबारी–शनिश्वरे जोड्ने मोटरेवल पुल अविरल बर्षासँगै आएको बाढीले क्षति पु¥याएको छ । 

प्रहरी चौकी शनिश्चरेमा जानकारी प्राप्त हुन साथ प्रहरी टोली  गएर अर्जुनधारा नगरपालिकासँग समन्वय गरी उक्त पुलबाट मानिस तथा सवारी साधन आवागमन बन्द गराई वैकल्पिक मार्ग अर्जुनधाराङ ७ मा रहेको फुलमति पुलबाट मिलडाँडाको बाटो हुदै सवारी साधनहरु आवागमन भइरहेको छ ।  

कमल गाउँपालिका–१ बस्ने मुसे भन्ने रमेश चौधरीको छोरा ३५ बर्षिय टिकाराम चौधरी सोही स्थानमा रहेको कृष्ने खोलामा माछा मार्ने क्रममा खोलामा डुवेर बेपत्ता भएका छन् । स्थानियले इलाका प्रहरी कार्यालय गौरादहमा जानकारी गराउन साथ इलाका  प्रहरी कार्यालय गौरादहबाट प्रहरी  टोलीले उनको खोजी गरिरहे पनि हालसम्म नभेटिएको प्रहरीले जनाएको छ । 

 झापा बाह्रदशी गाउँपालिका–७ का ज्ञानबहादुर कार्कीको नाममा रहेको बाह्रदशी बहु उद्देश्यीय कृषि फर्ममा अविरल बर्षाका कारण सुरुङ्गा खोलाको पानीको बाहब बढेर कुखुराखोर भित्र पानी पसेर क्षति भएको छ । 

इलाका प्रहरी कार्यालय घैलाडुब्बामा जानकारी प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय घैलाडुब्बा जानकारी प्राप्त हुन साथ प्रहरी टोली खटी गई बुझ्दा उक्त फर्ममा रहेको १६०० कुखुरा मध्ये १२०० वटा कुखुरा डुबेर मरेको र कुखुराको दाना लगायत अन्य सरसमानहरु डुवेर अन्दाजी आठ लाख रुपैयाँ बराबरको क्षति भएको छ । प्रहरी र स्थानियहरुको सहयोगमा उदार गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।