मोरङ ।

मोरङको केराबारी गाउँपालिका–८ खदम खोलाबाट १५ वटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीवार साँझ  ६ बजेको समयमा अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने १५ वटा ट्रयाक्टर नियन्त्रण गरिएको हो । 

इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले खदम खोलाबाट अबैध रुपमा नदिजन्य पदार्थ ढुंगा उत्खनन् गर्दै गरेको अवस्थामा १५ वटै ट्याक्टर नियन्त्रण गरिएको छ । 

प्रहरीले को.२ त ८३४६, को.२ त ९९२७, को.२ त ७५५४, को.१ त ५३८०, को.२ त २०३२, को.२ त ७९१२, को.२ त ७८९७, को.२ त ६९४०, को.२ त ८३१९, को. १ त ४५८३, को.१ त ८७२२,  प्र.१–०२–००३ त २७१२, प्र. १–०२–००३ त १८८१, प्र. १–०२–००३ त २८३९  र  प्र. १–०२–००३ त ०७८७ नम्वरको ट्रयाक्टरहरुलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिईएका उक्त ट्रयाक्टरहरुलाई आवश्यक कारवाहीको लागि केराबारी गाउँपालिकाको कार्यालयमा बुझाएको प्रहरीले जनाएो छ ।