झापा ।
ताप्लेजुङ र ओखलढुङ्गामा धारिलो हतियार खुकुरी प्रहार हुँदा दुई जना घाइते भएका छन् । बिहीवार साँझ ताप्लेजुङको फक्तालुङ गाउँपालिका लिङखिम २ का ५५ बर्षिय इन्द्रबहादुर लिम्बूलाई सोही स्थानका ३६ बर्षिय गोपाल लिम्बुले खुकुरी प्रहार गरेका थिए ।
गोपालले पशु चौपायले कोदो खाएको निहुँमा बादबिवाद हुँदा टाउकोमा खुकुरी प्रहार गरि घाइते बनाएर बनाएका थिए । खुकुरी प्रहार गर्ने प्रहरी चौकीको नियन्त्रणमा रहेको बताइएको छ । घाईतेलाई सामान्य उपचार पश्चात थप उपचारको झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पताल रेफर गरिएको बुझिएको छ ।
त्यसैगरी ओखलढुङगा मोलुङ गाउँपालिका–२ ढुस्के गएराति ९ बजेको समयमा अन्दाजी ७२ बर्षिय टेकबहादुर राईले घरायासी बिबाद हुँदा आफ्नै छोरा अन्दाजी ४२ बर्षिय भेगराज राईलाई खुकुरी प्रहार गरेर घाइते बनाएका छन् ।
खुकुरी प्रहारबाट घाईते भई उपचारको लागि पठाएको जानकारी जिल्ला प्रहरी कार्यालय ओखलढुङगामा इप्रका बरुणेश्वर प्रहरी टोली गएर खुकुरी प्रहार गर्ने ब्यक्ति र खुकुरी नियन्त्रणमा लिएको थियो । घाईतेलाई सामुदायिक मिसन अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि धुलिखेल अस्पताल पठाएको बताइएको छ । घाइतेको देब्रे हातको नाडीमा गहिरो चोट, नाडीको हड्डी र नसा समेत काटिएको तत्काल अवस्था बोल्न सक्ने रहेको छ ।