लक्ष्मीपुर । 

भारती बन्धु एकता समाज नेपालले झापा जिल्ला भेला तथा दशैं तिहार शुभकामना आदान–प्रदान आयोजना गरेको छ । समाजले झापाभर रहेका भारती बन्धुहरुलाई एकताबद्ध गराउन असोज १३ गते भेलाको आयोजना गरेको समाजका केन्द्रीय अध्यक्ष उमेश भारतीले जनाकारी दिए ।

 सोही कार्यक्रमकाबिच झापामा रहेका भारती बन्धुका ७५ बर्षमाथिमा जेष्ठ नागरिकलाई सम्मानसमेत गरिने अध्यक्ष उमेशले बताए । साथै  उक्त कार्यक्रममा विभिन्न क्षेत्रका भारती बन्धु प्रतिभाहरूलाई पनि सम्मान गरिनेछ । गायक अस्विन भारतीको सांगेतिक प्रस्तुतीसहित बिभिन्न कार्यक्रम समेत रहने बताइएको छ । 

‘मानव बन्धुत्वको लागि भातृ बन्धुत्व’ भन्ने मुल नाराका साथ स्थापना भएको भारती बन्धु एकता समाज नेपालले पहिलो पटक झापामा बन्धुहरुको भेला आयोजना गरेको हो । 

असोज १३ गते झापाको बिर्तामोड–२ चारपानेस्थित पर्शुराम पार्टी प्यालेसमा आयोजना गरिएको भेलाले समाजको झापा नेतृत्वसमेत चयन गर्ने अध्यक्ष उमेशले बताए । उनले झापामा रहेको सम्पूर्ण भारती बन्धुहरुलाई भेलामा उपस्थितिका लागि आग्रहसमेत गरेका छन् ।