झापा ।
लगातारको बर्षासँगै पूर्वको जनजीवन प्रभावित भएको छ । पछिल्लो २४ घण्टामा कोशी र मधेश प्रदेशको थोरै स्थानहरू र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा लगातार बर्षा भइरहेको छ । सो समयावधिमा १५० मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
साथै कोशी, मधेस बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा धेरै वर्षा मापन भएको छ।
हाल देशभर अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको र आगामी २४ घण्टाका लागि देश भरिनै मनसुन सक्रिय रही कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा धेरै वर्षाको पनि सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा एकदमै वर्षाको पनि सम्भावना रहेको छ ।