दमक । 

स्वदेशी पूजा सामाग्री उत्पादन गर्दै आएको झापाको कमल गाँउपालिका–६ मा रहेको दिब्यदृष्टि भनेरेशन एण्ड एग्रो कन्सर्न प्रालि अर्थात पूजा सामाग्री उद्योगले दशैंका लागि जमरा राख्न तयारी जमराको बिउको प्याकेट बजारमा ल्याएको छ ।

दिब्यदृष्टिको ब्राण्डमा मकै, गहुँ र जौ मिश्रीत जमरा बिउ बजारमा ल्याएको हो । पुर्वी नेपालको झापा, मोरङ र सुनसरी जिल्लाका पूजा पसलहरुमा दशैंको घटस्थापनाको दिन राख्न दिब्यदृष्टि ब्राण्डको जमरा बिउ ल्याइएको पूजा सामाग्री उद्योगका सञ्चालक बिष्णुप्रसाद पोखरेलले बताएका छन् ।

सञ्चालक पोखरेलका अनुसार शहर बजार तथा गाँउघरमा समेत मकै, गहुँ र जौ खोज्दै हिड्नु पर्ने अवस्था नआओस भनेर गत बर्षदेखि नै जमरा बीउ र शतबिज समेत निकाल्दै आएएको छ ।

दिब्यदृष्टि पूजा उद्योगले दिब्यदृष्टिको ब्राण्डमा जडिबुटिको हवन सामाग्रि, नवग्रह समिधा, गौ अर्क, सप्तधान्य, बाटेको धुप, दिब्य समिधा, जौको पिठो,  बाटेको धुपमा प्रयोग हुने धुप मसला, गंगाजल, सप्तमृतिका, पञ्चरन्त, सर्वोषधि लगायतका एकदर्जनभन्दा बढि पुजा सामाग्रिहरु प्रशोधन र उत्पादन गर्दै आएको उद्योगकी सञ्चालिका बविता तिम्सिनाले बताइन् ।