झापा ।
आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगका फरार थप प्रतिवादीहरु पक्राउ परेका छन् । गत असोज ६ गते रातको समयमा झापाको कनकाई–८ बिरिङ पुलमा र बिर्तामोड–६ स्थित गिरी बन्धु टि–स्टेट छेउ राजमार्गमा भारतीय २ वटा मालबहाक ट्रकमा आगजनी गर्ने थप छ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियान झापाका सदस्य हल्दीबारी–१ का २४ बर्षिय विवश लिम्बु महाअभियानका कार्य समिति सदस्य बुद्धशान्ति–४ का १९ बर्षिय बलिहाङ माबो लिम्बु, महाअभियानका मेचीनगर ईन्चार्ज मेचीनगर–६ का ३४ बर्षिय राजेश महत छन् ।
त्यस्तै महाअभियान झापा कार्य समिति कोषाध्यक्ष अर्जुनधारा– ९ का ३८ बर्षिय रुद्र भुजेल, महाअभियान झापाका सल्लाहकार सदस्य हल्दीबारी–१ का ५१ बर्षिय वीर बहादुर गुरुङ, र महाअभियान झापाका सदस्य बिर्तामोड– ३ का ३५ बर्षिय उदय लिम्बु छन् ।
उनीहरुले रातको अन्दाजी १०ः३० बजेको समयमा कनकाई–८ विरिङ खोला पुलमा भारतको सिलिगुडीबाट प्लाईको फेस पत्ता बोकी नेपालको सिरहातर्फ जाँदै गरेको ग्एछठब्त्द्धद्धढघ नम्बरको भारतिय ट्रक र सोही राति बिहान २ः३० बजेको समयमा पुनः विर्तामोड–६ गिरिबन्धु टि–स्टेटस्थित पूर्वपश्चिम राजमार्गमा विर्तामोडबाट काँकरभिट्टा जाँदै गरेको ध्द्य ठघ भ् घण्छट नम्बर भारतिय ट्रक र चालकलाई लक्षित गरी प्लाष्टिक बोतलमा बोकी ल्याएको पेट्रोल बम ट्रक र ट्रक चालकलाई लक्षीत गरी प्रहार गरेर आगजनी गरी घाइते बनाएका थिए ।
उक्त ट्रक चालकहरु विभिन्न अस्पतालमा उपचार्थ रहेका छन् । आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा संलग्न रही फरार रहेका प्रतिवादीहरुलाई खोजतलाई गर्ने क्रममा जिल्ला झापा विर्तामोड–१ चारपाने मंगलबार फेला पारी पक्राउ गरिएको थियो ।
सोही मिति देखी लागु हुने गरी झापा जिल्ला अदालतबाट म्याद थप गरी उक्त घटना सम्बन्धमा अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।