झापा । 

चालु आर्थिक बर्षको भदौं महिनामा ७५ वटा म्यानपावर कम्पनीले एक सय वढी कामदार बैदेशिक रोजगारीमा पठाएका छन् । सो अवधिमा सवै भन्दा धेरै कामदार बैदेशिक रोजगारीका लागि 

 भदौमा २९ हजार ५ सय २८ जना कामदारले संस्थागत अर्थात म्यानपावर कम्पनीबाट श्रम स्वीकृति लिएका छन् । एसओएस म्यानपावर सर्भिस प्रा.लि. सबैभन्दा धेरै कामदार उडाएर भदौमा धेरै कामदार पठाउने म्यानपावर कम्पनीको शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीले भदौ महिनामा ९ सय ७ जना कामदारको श्रम स्वीकृति लिएको छ ।

त्यसैगरी एड्भान्स म्यानेजमेन्ट कन्सल्ट्यान्स प्रालिले ८२० जना कामदार पठाएर दोस्रो भएको छ भने नील कमल ह्युमन रिसोर्स प्रालि ५०६ जना कामदार बैदेशिक रोजगारीमा पठाएर तेस्रो स्थान ओगटेको बिभागको तथ्याङ्कले देखाएको छ ।