झापा ।
झापाको कनकाई र बिर्तामोड नगरपालिकामा मालबाहक सवारीमा आगजनी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियान झापा संयोजक हल्दीबारी–१ घर भई हाल विर्तामोड–
५ बस्ने ४० बर्षिय भीम तुम्बापो लिम्बु र महाअभियानका झापा सचिव विर्तामोड –७ का ३३ बर्षिय सुरेश चौधरी रहेका छन् । लिम्बुलाई मंगलबार र चौधरीलाई सोमवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
कनकाई–८ विरिङ खोला पुलमा भारतको सिलिगुडीबाट प्लाईको फेस पत्ता बोकी नेपालको सिरहातर्फ कुमार महतोले चलाई लाँदै गरेको ग्एछठब्त्द्धद्धढघ नं. को भारतिय ट्रकलाई सोही दिशाबाट मोटरसाईकलमा सवार भई आएका तत्काल अपरिचित व्यक्तीहरु समेतले ट्रकलाई ओभरट्याक गर्दै मोटरसाईकलको पछाडी सवार व्यक्तीहरुले प्लाष्टिकको बोतलमा बोकेको आगो बलेको पेट्रोल बोतल (पेट्रोल बम) ट्रक चालकलाई समेत मार्ने नियतले ट्रकको क्याबिनमा प्रहार गरी आगजनी गरेकाथिए ।
ट्रक चालक आगो लागेर घाइते भएको र ट्रक जलेको साथै सोही रातीको बिहान २ः३० बजेको समयमा पुनः विर्तामोड–६ गिरिबन्धु टि–स्टेटस्थित पूर्व–पश्चिम राजमार्गमा विर्तामोडबाट काँकरभिट्टा जाँदै गरेको पोदो रायले चलाएको ध्द्य ठघ भ् घण्छट नम्बरको भारतिय ट्रक र चालकलाई लक्षित गरी प्लाष्टिक बोतलमा बोकी ल्याइको पेट्रोल ट्रकको अगाडीको भागमा आगो लगाएर चालकको शरिरमा समेत जलेको थियो । ज्यान लिने गरी प्रहार गरी आगजनी गरी घाईते बनाइएका चालक भाग्न सफल भएको आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा संलग्न प्रतिवादीहरुलाई खोज तलास गर्ने क्रममा विर्तामोड–७ फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ गरिएका उनीहरुलाई झापा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी उक्त घटना सम्बन्धमा अनुसन्धान कार्य जारी रहेको बताइएको छ । अन्य फरार प्रतिवादीहरुको समेत खोजतलास कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।