झापा । 

झापा गाउँपालिका वडा नम्बर ६ शरणमतिबाट लागू औषधुहिर्त एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा–५ स्थित पन्थपाडाका ४२ बर्षिय  तेहेरुदिन शेख छन् । 

मंगलबार लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले शेखलाई भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा शंका लागेर चेकजाँच गरेको थियो । 

चेकजाँच गर्ने क्रममा उनले लगाएको हाप पाईन्टको दाहिने साईडको गोजीमा लुकाई छिपाई ल्याउँदै गरेको ब्राउन सुगर प्लाष्टिक बाहेक २८ ग्राम ३५० मिलिग्राम फेला पारेको प्रहरीले जनाएको छ । 

ब्राउन सुगरसहित शेखलाई नियन्त्रणमा लिएर सो सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।