झापा । 

झापाको दमकमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आज (बिहान) बिहान अन्दाजी ९ः३० बजे इलाम महमाई स्थायी ठेगाना भई हाल दमक नगरपालिका वडा नम्बर ८ डेरा गरी बस्ने अन्दाजी २६ वर्षीय कमल बुर्जामगरको करेन्ट लागेर मृत्यु भएको हो । 

 टाडे घरको भुइँतलामा आफ्नै सिटीसफारी चार्ज गर्ने क्रममा विद्युत सर्ट भई करेन्ट लागेर कमल गम्भीर घाइते भएका थिए ।उनलाई दमक अस्पताल दमकमा सामान्य पछि थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा अस्पताल पु¥याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए ।

उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।