झापा।
डेढ महिनाअघि मोटरसाइकलको ठक्करबाट घाइते भएका बिर्तामोड नगरपालिका–२ बेलडाँगी निवासी कमल श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको छ ।
गत साउन २३ गते बिर्तामोडबाट राजगढतर्फ जाँदै गरेको मे ९ प ७०१४ नं को मोटरसाइकलले साइकलमा रहेका ६५ वर्षीय श्रेष्ठलाई ठक्कर दिएको थियो ।
घाइते श्रेष्ठको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको थियो । उपचारकै क्रममा आज (मंगलबार) बिहान ६ः४५ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेको मृत्यु भएपछि बाह्रदशी२ घर भएका चालकको खोजी भइरहेको जनाइएको छ ।