झापा । 

 झापाको बिर्तामोड नगरपालका बडा नम्बर ६ कुमारी चौकमा भएको सवारी दुर्घटनाका घाइते मृत्यु भएको छ । दुर्घटनामा घाइते पैदलयात्री बिर्तामोड–६ बुट्टाबारीका अन्दाजी ६२ बर्षिय यामबहादुर लिम्बुको उपचारको क्रममा राति २ः४० बजे मृत्यु भएको हो । 

कुमारी चौकस्थित पूर्व–पश्चिम राजमार्गमा चारालीबाट बिर्तामोडतर्फ आउँदै गरेको प्र १–०१–०१३ प २८०९ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई सोमवार राति ८ बजे ठक्कर दिएको थियो । 

मोटरसाइकलले ठक्कर दिदा लिम्बुको टाउको र खुट्टामा चोट लागेको थियो । उनलाई बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा ल्याए उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको राति मृत्यु भएको प्रहरीले जनाएको छ । 

मोटर साइकल चालक बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ का ३२ बर्षिय बिकास लिम्बुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनिमा ल्याई राखिएको र उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।