• दिपेन बिश्वकर्मा  

बुधबारे । 

झापाको बुद्धशान्ति भरिका पत्रकारहरुको छाता संगठन बुद्धशान्ति प्रेस क्लबले जिल्ला स्तरीय मिडिया कप २०८१ आयोजना गर्ने भएको छ । प्रतियोगितामा झापाका ६ वटा पालिका स्तरका प्रेस क्लब र नेपाल खेलकुद पत्रकार मञ्च झापाको टिम सहभागी रहने छन् । प्रतियोगिता असोज १७ र १८ गते हुनेछ । 

पहिलो खेलमा आयोजक बुद्धशान्ति प्रेस क्लब र  अर्जुनधारा प्रेस क्लब बिच प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष तीर्थ तिम्सिनाले आज (शनिबार) पत्रकार सम्मेलन गर्दै जानकारी दिएका हुन् । 

यसैबिच आयोजकले लक्कीड्र मार्फत खेल तालिका समेत सार्वजनिक गरेको छ । खेल तालिका अनुसार पहिलो खेलमा असोज १७ गते सोही दिन पहिलो चरणका ३ खेल हुनेछ । जस अन्तरगत आयोजक बुद्धशान्ति प्रेस क्लबले अर्जुनधारा प्रेस क्लबसँग, कनकाई प्रेस क्लबले भद्रपुर प्रेस क्लबसँग र मेचीनगर प्रेस क्लबले दमक पत्रकार मञ्चसँग खेल्ने छ ।

नेपाल खेलकुद पत्रकार मञ्च झापा शाखा भने सिधै लक्कीड्र मार्फत सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको प्रथम पुरस्कार ट्रफी, मेडल र प्रमाण पत्रसहित नगद २५ हजार रहेको छ । त्यस्तै द्वितिय हुने टिमले  ट्रफी, मेडल र प्रमाण पत्र सहित नगद १५ हजार प्राप्त गर्नेछ । खेल त्रिभुवन माविको खेलमैदानमा आयोजना हुनेछ ।