बिर्तामोड । 

नेपाल पत्रकार महासंघको निर्वाचन सम्बन्धी कार्यक्रम स्थगित भएको छ । महासंघको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा, प्रतिष्ठान शाखा, संस्थागत शाखाको असोज १२ गते तोकिएको निर्वाचन स्थगित भएको हो । 

यसअघि पनि पटक–पटक गरेर स्थगित हुँदै आएको निर्वाचन पुनः स्थगित भएको हो । महासंघका कार्यवहाक अध्यक्ष रमेश बिष्टले हिजै एक सूचना जारी गर्दै असोज ४ गते तोकिएको उम्मेदवारको मनोनयन दर्ता लगायतका कार्यहरू हाललाई स्थगित गरेको जनाएका थिए ।  त्यस्तै आज (शुक्रवार) निर्वाचन समितिले निर्वाचनको कार्यक्रम अन्र्तगत उम्मेद्वारको मनोनयन दर्ता स्थगित गरेको जनाएको हो । 

निर्वाचन समितिद्धारा जारी सूचनामा भनिएको छ ‘महासंघबाट आजको मिति उम्मेद्वारको मनोनयन दर्ता तोकिएको भएपनि नेपाल पत्रकार महासंघबाट प्राप्त पत्र अनुसार स्थगित गरिएको छ ।’

कार्य तालिकामा समावेश कार्यक्रम अर्को सुचना जारी नभए सम्मको लागि स्थगित गरिएको जनाउँदै नेपाल पत्रकार महासंघले तोकेको मिति र समयमा निर्वाचन सम्पन्न गर्न प्रतिवद्ध रहेको जनाएको छ ।