झापा। 

ताप्लेजुङमा दहमा डुबेर एकजनाको मृत्यु भएको छ ।  आज (बिहबार) दिउँसो १ बजे ताप्लेजुङ मेरिङदेन गाउँपालिका–३ माटेस्थित मेवा खोलामा जमेको पानीको दहमा डुबेर एक जनाको मृत्यु भएको हो । 


युनाईटेड मेवाखोला हाइड्रोपावरमा काम गर्ने मेरिङदेन–२ माइकु बस्ने अन्दाजी २१ वर्षीय लाक्पा शेर्पाको मृत्यु भएको हो ।  उक्त दहमा पौडी खेल्ने क्रममा अचानक डुबेर  बेपत्ता भएका शेर्पाको शव स्थानीयको  सहयोगमा बाहिर निकालिएको थियो ।  


प्रहरी चौकी सान्थाक्राबाट  प्रहरी  टोली खटिएर आवश्यक कानुनी प्रक्रिया पुरा गरेको जनाइएको छ ।  संकेत तस्वीर