सुरुङ्गा । 

झापाको कनकाई नगरपालिकाले संविधान दिवसको अवसरमा झण्डात्तोलन गरेको छ ।  कनकाई नगरमा राष्ट्रिय झण्डात्तोलन गरेर आज (बिहीवार) १० औं संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ मनाएको हो । 

नगरका नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, उप–प्रमुख आशा शर्मा शिवाकोटीले राष्ट्रिय झण्डा फहराएर, संविधान प्राप्त गर्न आफ्नो ज्यान आहुति दिने सहिदहरुलाई सम्झेर संविधान दिवस मनाएका छन् । 

kanapa 2

नगर प्रमुख पोखरेलले संविधानमा भएका कतिपय अधिकारहरु कार्यन्वयन अझै नभएका र हुने प्रक्रियामा रहेको बताएका छन् । संविधानमा धेरै मौलिक अधिकार रहेको बताउँदै उनले तीनै तहका सरकारहरुले कतिपय कुराहरु कार्यन्यवनमा ल्याउन बाँकि रहेको बताए । नगर प्रमुख पोखरेलले स्थानीय तह आएसँगै धेरै विकास निर्माण र नागरिकका अधिकारका कुरा भएको जानकारी दिदै अझैपनि धेरै काम गर्न बाँकि नै रहेको बताए । 

उनले स्थानीय तहमा नापी, मालपोत कार्यालयहरु राख्ने अधिकार भएपनि राख्न नसकिएको र त्यसका लागि आफुहरुले माग गरिरहेको बताएका छन् । स्तानीय तह हुनु अघि १४ किलोमिटर कालोपत्रे रहेको कनकाई नगरमा हाल ६० किलो मिटरबढी कालोपत्रे भएको नगर प्रमुख पोखरेलले जानकारी दिए । 

स्वागत नगर उपप्रमुख शिवाकोटीले गरेको कार्यक्रमको सञ्चालन नगरकी कर्मचारी मनिता राईले गरेकी थिइन् ।  कार्यक्रममा कनकाई वडा नम्बर १ का वडाध्यक्ष सुशिलकुमार पोखरेल, २ का वडाध्यक्ष प्रताप राई (बलराम), ८ का वडाध्यक्ष लीलाबहादुर कटुवाल, कार्यपालिका सदस्य, वडा सदस्य, नगरका कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।