बिर्तामोड । 

 झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ६ स्थित गिरीबन्धु टी स्टेट नजिक सडक छेउमा मृत अवस्थामा एक महिलाको शव फेला परेको छ 

गिरीबन्धु टी स्टेट नजिक पूर्व–पश्चिम राजमार्गको सडक छेउमा आज (बुधवार) ४ः२० बजेको समयमा अन्दाजी ४५÷५० बर्षिया महिलाको मृत अवस्थामा शव फेला परेको हो । 

मृत अवस्थामा महिलाको शव फेला परेसँगै इलाका प्रहरी कार्यालय अनारमनी झापाबाट प्रहरी निरीक्षकको कमाण्डमा एसओसिओ सहितको प्रहरी टोली घटना स्थल पुगेको छ । 

टोलीले आवश्यक अनुसन्धान तथा मुचुल्काको कार्य गरिरहेको प्रहरीले जनाएको छ । उक्त महिलाको पहिचान भने खुल्न बाँकी रहेको बताइएको छ ।