विराटनगर ।

झापा र सुनसरीबाट लागू औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार  साँझ झापाको झापा गाउँपालिका–४ बाट एक जना र देवानगञ्ज गाउँपालिका–३ बाट एक जनालाई प्रहरीले पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा मे.५ प ९६७३ नम्बरको स्कुटरमा लुकाई छिपाई ल्याउदै गरेको ३ ग्राम ७५० मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो । 

ब्राउन सुगर फेला परेसँगै स्कुटरमा सवार कमल गाउँपालिका–७ का २५ बर्षीय सन्देश लिम्बु र ३६ बर्षीय पुर्णबहादुर लिम्बुलाई पक्राउ गरेको छ ।

त्यसै गरी सुनसरीको अस्थायी प्रहरी चौकी मोतीटप्पुबाट खटिएको प्रहरी टोलीले देवानगंज गाउँपालिका–३ स्थित नेपाल भारत सिमा नजिकबाट ट्रामाडोल १५ हजार ३ सय ट्याब्लेट फेला पारी नियन्त्रणमा प्रहरीले जनाएको छ ।