सुरुङ्गा । 

झापाको कनकाई नगरपालिकाले विश्वकर्मा पूजा गरेको छ। सवारी चालक ईकाई कनकाईको आयोजना तथा कनकाई नगरको व्यवस्थापनमा पूजा गरिएको हो । 

नगर सवारी चालक ईकाईका ईन्चार्ज रोहितकुमार कोईरालाको सभापतित्वमा आयोजित कार्यक्रममा नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा नगर उप–प्रमुख आशा शर्मा शिवाकोटीको विशेष आतिथ्य रहेको थियो ।

कार्यक्रममा नगरका सबै  सवारी साधन तथा सवारी साधनमा  प्रयोग हुने उपकरण तथा औजारलगायतको पूजा गरी विश्वकर्मा बाबाको पुजा गरिएको थियो।

कार्यक्रममा पाठ पारायण तथा पुजा आरती समेत गरिएको थियो । कार्यक्रमकैबीच  सवारी चालक तथा सह–चालक यामप्रसाद अधिकारी,सोभित राई, मजेबुल मियाँ डोर बहादुर मगर, अजय ऋषिदेब ,रुद्रबहादुर दाहाल, साईमन ठटाल लगायतलाई सम्मान समेत  गरिएको थियो ।

विश्वकर्मा पूजा कार्यक्रममा कनकाई वडा न ४ का अध्यक्ष रोषन सुवेदी,  निमित्त प्रमुख प्रशासकीय अधिकृत क्षेत्रप्रसाद शर्मा, योजना शाखा जमुना कटुवाल, विभिन्न शाखा प्रमुख तथा अन्य कर्मचारी लगायतको सहभागी रहेको थियो । स्वागत चालक मजेबुल मियाँले गरेको कार्यक्रमको सन्चालन चालक यामप्रसाद अधिकारीले गरेका थिए ।