बिर्तामोड ।

झापाको बिर्तामोड–६ स्थित बुट्टाबारीमा अत्याधुनिक प्रविधिबाट टायरको हट रिसोलिङ सेवा शुरु भएको छ । शिवशक्ति टायर रिसोलिङ उद्योगले उक्त सेवा आज (मङ्लबार) देखि सञ्चालनमा ल्याएको हो । सञ्चालक गौरी भण्डारीले जानकारी दिए ।   

मेशिनको उद्घाटन प्रमुख अतिथि बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, बिशिष्ट अतिथि नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष निर्मल भट्टराईले संयुक्त रुपमा गरेका छन् । 

शिबशक्तिले धेरै बर्ष पहिलादेखि नै कोल्ड रबर रिसोलिङ सेवा भने दिंदै आएको छ । नयाँ टायर खरिद गर्दा भन्दा मिडास कम्पनीको रबर मेशिनद्धारा रिसोलिङ गर्दा धेरै नै सस्तो पर्न जाने शबशक्तिका सञ्चालक गौरी भण्डारीले जानकारी दिए । 

सञ्चालक भण्डारीले औचित्माथि प्रकाश पार्दै स्वागत गरेको कार्यक्रमको सञ्चालन उद्योगका व्यवस्थापक युवराज नेपालले गरेका थिए ।