मोरङ ।
मोरङको बिराटनगर महानगरपालिका–१५ र १७ बाट प्रतिवन्धित लागूऔषध गाँजा बोकेको दुई वटा सवारी साधनसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमवार बिहान साढे १० बजे बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण व्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर–१५ स्थितमा संकास्पद अवस्थामा रहेको बा.८च ७८८० नम्बरको कारलाई चेकजाँच गर्दा कारको पछाडि सिटमुनी लुकाई छिपाई राखेको ४३ किलो ग्राम गाँजा बरामद गरेको थियो । गाँजासँगै ।
उक्त कार चालक बिराटनगर–१५ का ३२ बर्षीय गणेश चौधरी र कारमा सवार रहेका बिराटनगर–१३ का २२ बर्षीय रोजेश परीयारलाई नियन्त्रणमा लिएको छ ।
त्यसैगरी राती साढे ८ बजे सोही टोलीले बिराटनगर–१७ मण्डा पोखरीमा संकास्पद अवस्थामा रहेको को.२ च ७५९ नम्बरको स्कार्पीयो गाडीलाई चेकजाँच गर्दा गाडीको पछाडिको भागमा लुकाई छिपाई राखेको अवस्थामा १४६ किलो ग्राम गाँजा बरामद गरेको थियो ।
लागू औषध गाँजा बरामद भएसँगै गाडी, चालक सुनसरी धरान–१७ का ४५ बर्षीय सुक्षिम राई र गाडीमा सवार धरान–११ का ४६ बर्षीय देवराज राईलाई समेतलाई नियन्त्रणमा लिएको छ ।
लागूऔषध गाँजासहित पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।