झापा । 

पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको उनासी पुलमा बसको अगाडिको पट्टा भाँचेर आज (सोमवार) बिहान यात्रुवाहक  दुर्घटना हुँदा ४३ जना घाईते भएका छन् । घाईते मध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ।

काँकडभिट्टाबाट दाङको लागि  गएराती १ बजे हिडेको ८ ख ११६४ नम्बरको बस अनियन्त्रित भई पुलदेखि ८ मिटर तल खसेर पल्टिँदा बसमा सवार सबै घाईते भएका थिए। घाईतेहरुको निजगढ स्थित सामुदायिक प्रसुती गृह अस्पतालमा ३४ जना र सिटी अस्पतालमा ९ जनाको उपचार भईरहेको छ ।

प्रसुती गृहमा उपचाररत मध्ये  छ जना र सिटी अस्पतालमा उपचाररत मध्ये २ जना गरी ८ जना बिरामीको अवस्था गम्भीर रहेको  ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । 

उक्त बसको अगाडिको पट्दा भाँचेर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।