धनकुटा ।

धनकुटाको साँगुरीगढी गाउँपालिका–३ कमुवा खोलाबाट चोरीको चार वटा मोटरसाईकलसहित चोरीमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धनकुटा साँगुरीगढी–३ का २३ बर्षीय सबिन याख्खा, ३४ बर्षीय सन्तकुमार श्रेष्ठ, २४ बर्षीय अमृत याख्खा र धनकुटा नगरपालिका–४ का १८ बर्षीय आयुस बिश्वकर्मा रहेका छन्।

आइतवार सुनसरीको इलाका प्रहरी कार्यालय धरान र प्रहरी चौकी मुलघाट धनकुटाबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मोटरसाईकल चोरीमा संलग्न रहेका उनीहरुलाई बिभिन्न मितिमा चोरी भएको को २६ प ८३७३, बा।६७ प २४१७ नम्बरको पल्सर मोटरसाईकल र को.२८ प ७४७१, को.१७ प ९७१८ नम्बरको स्कुटरसहित पक्राउ गरेको हो ।

 चोरीको मोटरसाईकल र स्कुटरसहित पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । संकेत तस्वीर