बिराटनगर ।

मोरङको बिराटनगर महानगरपालिका–१४ मा सवारी दुर्घटना हुँदा मोटरसाईकल पछाडि सवार एक जनाको मृत्यु भएको छ । गएराती  साढे १० बजे कोशी लोकमार्गमा प्रदेश १–०२–०४४ प ८०८५ नम्बरको मोटरसाईल सडक साईडमा रहेको UP 36 P 2891 नम्बरको ट्रकमा ठक्कर लाग्दा घाईते भएका थिए ।

मोटरसाईकल चालक  बिराटनगर–१५ का १८ बर्षीय राजिव मण्डल र मोटरसाईकल पछाडि सवार रहेका बिराटनगर–१० का २५ बर्षीय कृष्ण मण्डलाई उपचारको लागि बिराट नर्सिङहोम बिराटनगर लगिएकोमा उपचारको क्रममा कृष्ण मण्डलको मृत्यु भएको हो ।

उक्त ट्रक र चालक भारत उत्तर प्रदेशका मक्सुद आलमलाई इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिएर घटना सम्वन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।