झापा।

झापाको गौरीगंज गाउँपालिका–२ मा सिटी सफारी चार्ज गर्ने क्रममा बिद्युत सर्टभएर करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । 

गौरीगंज–२ का ३३ बर्षीय महेश राजबंशीले आफ्नै घरमा सिटी सफारी चार्ज गर्ने क्रममा बिद्युत सर्ट भएर करेन्ट लाग्दा घाईते भएका राजबंशीलाई तत्काल उपचारको लागि अस्पताल लगिएको थियो । 

उपचारका क्रममा लाईफलाईन अस्पताल दमक पुर्‍याउनासाथ उनको मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय गौरीगंजबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

संकेत तस्वीर