हल्दीबारी । 

नेपाल रेडक्रस सोसाईटी जलथल उप–शाखाको कार्यालय भवनको निर्माण कार्यले तिब्रता पाएको छ। झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर ४ मा संस्थाका शेयर सदस्य राजेन्द्र मैनालीले दान दिएका १ कठ्ठा  जग्गामा संस्थाको कार्यालय निर्माण भइरहेको छ । 

 उक्त भवनको छत ढलाई आज (आइतबार) सम्पन्न भएको हो । अनुमानित २६ लाख रुपैयाँको लागतमा निर्माण हुँदै आएको भवनमा ४ वटा कोठासहित शोैचालय, स्नानघर सहित माथिल्लो तलाको लागि भित्रबाटै सिढी रहेको छ। 

भवनको क्षेत्रफल १२१८ स्कायर फुट रहेको छ। रेडक्रसलाई माया र सहयोग गर्ने दाताहरूबाट संकलित जिन्सि र नगद सहयोगबाट जलथल उपशाखाको कार्यालय बनिरहेको सभापति  रेम खरेलले बताए।

सभापति खरेलका अनुसार कोषमा मौज्दात ५ लाख ५० हजार रकम थियो । त्यस्तै देश बिदेशमा रहेका शुभेच्छुक र सुभचिन्तकहरूले दिएको नगद चन्दा तथा दान  जिन्सीबाट कार्यालय भवन बनाउने गठोट गरेका गरिएको उनले बताए । 

‘कार्य समितिले अठोट गरेर निमार्ण घोषणा भएपछि दाताहरू जुट्दै, जोड्दै गएका हौ’ अध्यक्ष खरेलले भने ‘हामीलाई रेडक्रस जिल्ला शाखा भद्रपुरले ५० बोरा सिमेन्ट र एक ट्याक्टर ईटा, पूर्व वडाध्यक्ष त्रिलोचन सोपकोटाले एक ट्याक्टर ईटा, योगेन्द्र पराजुलीले एक ट्याक्टर ईटा, नवीन मैनालीले एक टिपर ढलाईको बालुवा, शेरबहादुर दाहालले एक ट्याक्टर ढलाईको बालुवा, कुमार कार्कीले दुई ट्याक्टर गिटि पठाई दिनु भएको छ ।’ 

साथै हल्दीबारी, भद्रपुर र बिर्तामोडका रेडक्रस प्रेमिहरूको साथ र सहयोगले जलथल उपशाखाको भवन ढलाई गर्ने कार्य सम्पन्न भएको उनको भनाई छ ।   स्थानीय सरकारको रूपमा हल्दीबारी गाउँपालिकाले भने अहिलेसम्म कुनै जिन्सी तथा नगद सहयोग र साथ नपाएको उनले गुनासो गरेका छन्। 

उनले आगामी भवनको प्लास्टर गर्ने र रंग रोगनका लागि देश  बिदेशका सहयोगी दाताहरूबाट समेत थप  सहयोगको अपेक्षा गरिएको बताएका छन। आजै हल्दीबारी ४ मा रहेको पाथिभरा कालिका बन उपभोक्ता समूहले ५० हजार रुपैयाँको चेक समेत हस्तान्तरण गरेको छ।