झापा । 

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले बिना आधार र बिना प्रमाणका उजुरीहरू दर्ता नगर्न वैदेशिक रोजगार विभागलाई ध्यानाकर्षण गराएको छ । एशोसिएसनले बिहीवार बिभागका महानिर्देशक सूर्यबहादुर खत्रीलाई बिना प्रमाणका उजुरीहरू दर्ता नगर्न ध्यानाकर्षण गराएको हो ।

 एशोसिएसनका महासचिव महेश कुमार बस्नेतले महानिर्देशक खत्रीलाई उजुरी दर्ता सम्बन्धमा ध्यानाकर्ष गराएको जानकारी दिएका हुन् ।  महानिर्देशक खत्रीले वैदेशिक रोजगार प्रशासनलाई सुधार गर्न आफूले वैदेशिक रोजगार व्यवसायीसँग हातेमालो गर्ने भएकाले बिनाआधारका उजुरी दर्ता र व्यवसायीलाई हैरानी हुने वातावरण बन्न नदिने आश्वासन दिएका छन् ।

महासचिव बस्नेतले पछिल्लो समय विभिन्न व्यक्ति तथा संस्थाका  नाममा बिनाआधार र बिना प्रमाणका उजुरीहरू दर्ता गर्ने गरिएकाले व्यवसायीहरु माझ गम्भीर चिन्ता उत्पन्न गराएको बताएका छन् । महानिर्देशक खत्रीलाई दिएको पत्रमा एशोसिएसनले विभागमा पछिल्ला दिनमा केहि सञ्चारकर्मी, सामाजिक अभियन्ता वा अन्य तेस्रो पक्षका नातेदारका नाममा विभागमा प्रवेश गरेर उजुरी दर्ता गरिरहेको गुनासो बढेकोसमेत जानकारी दिएका थिए । 

 एशोसिएसनले उजुरी दर्ता गर्नुअघि अनिवार्यरूपमा मेलमिलापको प्रक्रियालाई अघि बढाउन आग्रह गरेको छ । त्यस्तै एशोसिएसनले अनधिकृत व्यक्तिहरूको प्रवेशमा रोक लगाउन र जुनसुकै प्रकारको उजुरी दर्ता गर्नका लागि परिचय पत्र अनिवार्य बनाउन पनि माग गरेको छ । ए