बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिका–६ स्यालडाँगीस्थित गिरीबन्धु टि–स्टेट प्रालि कुकर बम फेला परेको छ । गिरीबन्धु टि–स्टेट प्रालिका सञ्चालक छत्रबाबु गिरीले सञ्चालन गर्दै आएको शम्सेर एण्ड गंगादेवी चिया उद्योगको कम्पाउन्ड वालबाहिर पड्किएको अवस्थामा कुकर बम भेटिएको हो । 

नेकपा(मावोवादी) पूर्वी केन्द्रीय कमाण्डको पर्चा राखेर कुकर बम बिस्फोट भएको जस्तो देखा परेपछि आज (शुक्रवार) ६ः०० बजे स्थानीयले इलाका प्रहरी कार्यालय बिर्तामोडमा खबर गरेका थिए । 

घटनाको प्रकृति हेर्दा  सो स्थानमा बिस्फोट नभएको जस्तो देखिएको साथै अन्यन्त्र कतै बिस्फोट गराई विस्फोटमा प्रयोग भएको सामानहरू ल्याई राखिएको जस्तो देखिएको प्रहरीले जनाएको छ । 

आज बिहान ८ः०० बजे नेसेका सेनानी लक्ष्मी नेम्बाङको कमाण्डमा ११ जना बम डिस्पोजल टोली घटना स्थलमा पुगेर आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।