झापा ।

 झापाको अर्जुनधारा नगरपालिकामा पूजाको प्रसाद खाएर ५९ जनालाई फुड पोइजन हुँदा विरामी हुने अधिकांश निको भएर डिस्चार्ज भएका छन् ।

पूजाको प्रसादले फुड पोइजन ५९ जना ५९ जना विरामी गएरातिसम्म ५२ जना डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।अर्जुनधारा नगरपालिका वडा नम्बर ९ स्थित खरबन्दीमा मंगलवार स्थानीय रिता निरौलाको घरमा पूजा लगाइएको थियो । 

सोही पूजामा प्रसादस्वरुप रोटी, अचार, तरकारी बाँडिएको थियो । प्रसाद खाएका अधिकांश बिरामीलाई बान्ता, पखाला र ज्वरो आउने लक्षण रहेको शनिश्चरे अस्पतालका चिकित्सकले बताएका छन् । बिरामी हुनेमा बालबालिकादेखि बृद्धबृद्धासम्म रहेका छन् ।

बिरामी परेका अधिकांश बिरामीको नगरको स्वास्थ्य शाखा प्रमुख सन्तोष चिमरियाको कालिस्थानस्थित क्लिनिकमा उपचार भइरहेको छ । त्यस्तै केहीको बिर्तामोडस्थित बीएण्डसी र मनमोहन अस्पतालमा पनि उपचार भइरहेको प्रहरीले जनाएको छ ।