• रन्जित परियार 

अर्जुनधारा  । 

स्वच्छ समाजका लागि सामाजिक अभियान झापालाई अर्जुनधारा ११ का चौधरी परिवारले जग्गा खरिदका लागि रकम हस्तान्तरण गरेका छन् । 

दृष्टि बिहिन तथा असहायहरुको लागि आवास निर्माण गर्न अर्जुनधारा–११ स्थित सालबारीमा २ कठ्ठा ७ धुर जमिन खरिद गरिएको अध्यक्ष गणेश ढुंगानाले बताए 

टुटेफुटेका सिसा तथा प्लास्टिक सकलन गरि बिक्री गरि आएको रकम सकलन गरि जग्गा र घर निर्माणका लागि रहेको र जग्गाको १६ लाख तिर्न बाँकी रहेकोले हाल एक धुर एक ब्याक्ती सहयोग कार्यक्रम संचालक रहेकोमा बिश्वास कृषि फमका संचालक एवम् युवा ब्यवसायी डम्बर चौधरी एवम् धर्मपत्नी हिरा चौधरी र बुबा गणेश चौधरी आमा लक्ष्मी चौधरीले पितृहरुको मोक्ष एवम् स्मृतिमा अभियानलाई एक लाख एक हजार एक सय एघार रुपैयाँ रकम अभियानलाई जग्गा खरिदका लागी हस्तान्तरण गरेका हुन् ।  

कार्यक्रम सामाजिक ब्याक्तित्व पूर्व प्रधानाध्यापक बच्चेलाल चौधरी, सामाजिक ब्याक्तित्व गोपिचन्द्र खरेल, अभियानका बोल प्रसाद कोइराला लगायतले दाता चौधरी परिवारलाई सराहनीय कार्यप्रति धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रम सहजीकरण सचिव अभिचन्द्र बास्कोटाले गरेका थिए ।