झापा ।
केहीदिन अघि पाँचथरको फालेलुङ गाउँपालिका–५ डाँडागाउँमा युद्ध कालको बेवारिसे बम विस्फोटमा परी घाइते भएका दुई बालकको सरकारले निःशुल्क उपचार गर्ने साथै मृतकको परिवारलाई राहत रकम उपलब्ध गराउने भएको छ ।
गत भदौं १३ गते बम बिस्फोट हुँदा चार जना बालबालिका घाइते मध्ये दुई जनाको मृत्उयु भएको थियो भने दुई जना घाइते भएको थिए ।डाँडागाउँमा द्वन्द्वकालको ह्यान्डमेड सकेट बम बिस्फोटमा ११ बर्षिय दिप्सन सावा र अढाई बर्षिया प्रिन्सा सावाको मृत्यु भएको थियो ।
घाइते उनीहरुको उपचार कीर्तिपुरस्थित बर्न अस्पतालमा भइरहेको छ । सोमबार मन्त्रिपरिषद बैठकले बेवारिसे बम विस्फोटमा घाइते भएका पवन राई र दिप्सन राईको उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।
त्यसैगरी मृतकका परिवारलाई जनही ५÷५ लाख रुपैयाँ राहत रकम उपलब्धसमेत गराउने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।