बिर्तामोड ।  

झापाको बिर्तामोड नगरपालिकास्थित किराँतचोक ग्याङ फाइट भएको छ । झगडा बिर्तामोड–६ का ३७ को जागिर हुसेन घाइते भएका छन् । घाइते उनलाई उपचारको लागि मनमोहन अस्पताल बिर्तामोड ल्याएर उपचार भइरहको उनको बाँया खुट्टा, घाटि र टाउकोमा चोट लागेको छ भने अवस्था सामान्य रहको बताइएको छ । 

 आज (सोमवार) साँझ ६ वजेको सयममा अपरीचित दुई पक्ष बिच झगटा भएको प्रहरीले जनाएको छ ।  अन्दाजी  १०/१२ जनाको संख्यामा केटीको बिषयलाई लिएर झगडा भएको भन्ने बुझिएको छ । झै–झगडा भईरहेको भन्ने जानकारी पाएसँगै इलाका प्रहरी कार्यालय अनारमनी प्रहरी टोली गएर तीन जनालाई नियन्त्रणमा लिएको छ । 

प्रहरीले बिर्तामोड–५ का अन्दाजी १८ बर्षिय अरुण राई, सोही स्थानका अन्दाजी १७ बर्षिय सबिन तामाङ र बिर्तामोड–४ का १३ को राकिब आलमलाई नियन्त्रणमा लिएको छ ।

उनीहरुको साथबाट एउटा फलाको कट्टी, फलामको रडको रोल समेत नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याई राखिएको छ । झगडाको बिषयमा थप अनुसन्धान भइरहेको बुझिएको छ । संकेत तस्वीर