बिर्तामोड ।
झापाको बिर्तामोडको अलस्का अटोमोवाइल्स प्रालिले टाटाको पन्च इभी चारपाङ्गे सवारी साधन सार्वजनिक गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, सिप्रदी ट्रेडिङ प्रालिका महा प्रवन्धक सावन्तजंघ सिजापति, अलस्का अटोमोवाइल्सका प्रवन्ध निर्देशक प्रकाश शिवाकोटीलगायतले आज (सोमवार) एक समारोहकाबिच पञ्च इभी कार सार्वजनिक गरेका हुन् ।
सार्वजनिक गरिएको पञ्च इभी सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ रहेको बताइएको छ । सिप्रदी ट्रेडिङका जनरल मेनेजर मेघराज ढुङ्गेलले बहुप्रतीक्षित पन्च इभी उत्कृष्ट एक्ट इभी प्योर प्लेटफर्म आर्किटेक्चरमा आधारित टाटाको पहिलो उत्पादन पन्च इभी अत्याधुनिक प्रविधियुक्त रहेको दाबी गरेका छन् ।
लञ्च गरिएको जानकारी दिँदै उनले १६ इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्सका साथ पन्च इभीमा २५ किलोवाट (एमआर) र ३५ किलोवाट (एलआर) दुई भिन्न ब्याट्री प्याक रहेका छन् । कम्पनीले पन्च इभीमा एक लाख ६० हजार किलोमिटर वा आठ वर्षसम्मको वारेन्टी रहेको बताए ।
सिप्रदी ट्रेडिङका महाप्रवन्धक सिजापतिले पञ्च इभीले नेपाली ग्राहकको मन जित्नेमा आफू विश्वस्त रहेको बताउँदै अत्याधुनिक प्रविधियुक्त कम्प्याक्ट एसयुभी पञ्च इभीले ग्राहकलाई वातावरणमैत्री, आरामदायी र सुरक्षित यात्राको अनुभूति गराउने जनाए ।कार्यक्रममा पञ्च इभी खरिद गर्ने विर्तामोडमा जीवन सापकोटा, विजय खतिवडा, युवराज काफ्ले लगायतलाई चावी हस्तान्तरण गरिएको थियो ।