सुरुङ्गा । 

बंगाली समाज कनकाईले मनसादेवीको पूजा आरधना गर्नुका साथै विविध सांस्कृतिक कार्यक्रम गरेको छ ।मनसा देविको पुजा भदौ २२ गते शनिवार सबैले स्नान गरि न्वाईखाई ब्रत बसी शुरु भएको थियो भने भदौ २३ गते पुजा आरधनासँगै समाजले कनकाई नागरपालिका ३ सुरुङ्गाको कालिस्थानमा औपचारिक कार्यक्रम समेतको आयोजना गरेको हो ।

कार्यक्रममा मनसा देविको पुजा आरधनासँगै प्रणामी समुदाय वाइजुराज टिमबाट डडिया नृत्य, बंगाली समुदायबाट बंगालि नृत्य, ग्लोवल एकाडेमीबाट तामाङ सेलो, हरिकुलबाट थारु नृत्य, सुरुङ्गा डान्स सेन्टरबाट नृत्य, झापा मेरीगोल्डका मेरिगल्ड स्टार सुवास पाठक र गायक भक्त विश्वासबाट गित प्रस्तुत गरिएको थियो ।

त्यसैगरी समाजले आफ्नो ठाँउलाई खेलको माध्यमबाट देश बिदेशमा चिनाउन सफल राष्ट्रिय फुटबल टिममा रहेर उत्कृष्ट खेल प्रदर्शन गर्दै आएका स्थानिय रोहन कार्कीलाई सम्मान समेत गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि कनकाई नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, उद्योग वाणिज्य संघ कोशी प्रदेशका उपाध्यक्ष कुमारमणी पोखरेल, कनकाई धार्मिक विकास समितिका अध्यक्ष शेरबहादुर थापा, नेपाली कांग्रेस कनकाई नगर सभापति दुर्गा प्रसाई, माओवादी केन्द्रका नगर अध्यक्ष यमनाथ सेडाई लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रममा कनकाई ३ की कार्यवाहक अध्यक्ष कृष्णमाया भुजेल, सदस्य अनिल गोयल, नगर खेलकुद विकास समिति अध्यक्ष जविन तिम्सिना, राप्रपा नगर अध्यक्ष टिका बराल, कनकाई बहुमुखी क्याम्पसका अध्यक्ष प्रकाश चुडाल, सामाजिक ब्यक्तित्वहरु रुद्रप्रसाद चिमरिया, युवराज संग्रौला, लायन्स क्लब अफ कनकाई सुरुङ्गाका अध्यक्ष रमेश खतिवडा, सुरुङ्गा जेसीजका अध्यक्ष दुर्गाप्रसाद पाठक, रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष लुवराज उप्रेती, नेपाल रेडक्रस सोसाईटि सुरुङ्गा उपशाखाका अध्यक्ष वालकृष्ण प्रसाई, सुरुङ्गा बजार ब्यवस्थापन समीति अध्यक्ष मनोहरी बिमली, बंगाली समाज सेवा समिति मोरङ सुन्दर हरैचा गछियाका उपाध्यक्ष खकनकुमार दास, कनकाई मुस्लिम समाजका अध्यक्ष निशान खान, कलाकार माधव भेट्वाल, ग्लोबल एडुकेयर एकाडेमीका पिन्सिपल विमान लामालगायतको उपस्थिति रहेको थियो । 

समाजका अध्यक्ष पंकज मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा औचित्यमाथि प्रकाश समाजका राजु मण्डलले प्रष्ट पारेका थिए ।  स्वागत समाजका उपाध्यक्ष दिगम मण्डलले गरेका कार्यक्रमको सञ्चालन समाजका सचिव रविन मण्डल र मिनु दासले संयुक्त रुपमा गरेका थिए ।   कार्यक्रममा बिभिन्न भजन तथा ताण्डव नृत्य प्रस्तुत गरिएको छ । मनसादेविको पुजा आरधना गरी आज मनसादेविको विसर्जनसँगै समापन हुने बताइएको छ ।